Sagun Khabar
बैतडीमा एक जना युवक मृत फेला 

बैतडी- बैतडीमा एक जना युवक मृत फेला परेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका  वडा नं  ३ तल्लाछेपट्टाका ३० वर्षिय श्रीकान्त बोहरा मंगलबार  मृत फेला परेका हुन् ।

दिउंसो १ बजेतिर आफ्नै  घरको कोठामा झुण्डीएको  अवस्थामा उनको  शव फेला परेको जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रहरी  प्रवक्ता खेम बिक्रम केसीले जानकारी दिए । घटनाको कारण खुल्न सकेको छैन् ।

 प्रहरीले घटनाका बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता  केसीले बताए ।  

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १४:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update