बैतडी- बैतडीको सुर्नयामा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको एक्सटेन्सन काउण्टर सञ्चालन आएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नं ५ मा बैंकको एक्सटेन्सन काउण्टर कार्यालय बुधवारबाट सञ्चालन आएको हो । एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष अम्मर बहादुर कुँवर र उपाध्यक्ष मञ्जु बोहराले शाखा कार्यालयको उद्धघाटन गरेका हुन् ।
सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा प्रदान गर्न नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष अम्मर बहादुर कुँवरले बताए । सञ्चालनमा आएको शाखा कार्यालयले यहाँका नागरिकहरुको बैंकिङ्ग सेवामा पहुँच वृद्धि भएको उनले बताए ।
पालिकाको केन्द्रमा स्थापना भएको एक्सटेन्सन काउण्टरबाट सम्पूर्ण बैंकिङ सेवा प्रवाह हुने नेपाल इन्भेष्टमेण्ट मेगा बैंक सतबाँझका प्रमुख गोबिन्द बहादुर विष्टले जानकारी दिए ।
सेवाग्राहीको बढ्दो चाप र सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले पालिकाको केन्द्रमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । यसबाट बैंकको पहुँच भन्दा टाढा रहेका नागरिकहरुलाई सहज हुने अपेक्षा गरिएको छ ।




