Sagun Khabar
बैतडीको  दनपामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस ५ गते देखि

बैतडी- बैतडीको दशरथचन्द  नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस ५ गतेदेखि शुरू हुने भएको छ। दोस्रो रनिङ शिल्ड प्रतियोगिता  पुस ५ देखि सञ्चालन हुने नगर  खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्द जानकारी दिए ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ सञ्चालन हुने प्रतियोगिताका खेलहरू निङलाशैनी खेलमैदान देहिमाडौंमा हुने उनले  बताए । नगर खेलकुद विकास समितीको निर्णय तथा शैक्षिक सत्र २०८० अन्तर्गत राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको  आयोजना गरिएको दशरथचन्द नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हरिश प्रकाश भट्टले बताए ।

 प्रतियोगितामा सहभागी हुनका लागि नगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयलाई अनुरोध गरेको  छ। सहभागी हुने विद्यालयले मंसिर ३० गते भित्र आवश्यक विवरणसहित शिक्षा शाखामा टिम दर्ता गर्नुपर्ने जनाएको छ ।प्रतियोगितामा छात्रछात्रा भलिबल,कबड्डी,एथलेटिक्स अन्तरगतका खेलहरू हुने बताइएको छ  ।

जिल्ला खेलकुद समितिले पुस मसान्तसम्म यहाँका सबै पालिकालाई पालिकास्तरीय प्रतियोगिता सम्पन्न गर्न भनेको छ । सोही अनुसार यहाँका स्थानीय तहहरूले पालिकास्तरीय प्रतियोगिता आयोजनाको तयारी गरिरहेका छन् । स्थानीय तह स्तरीय प्रतियोगिता सम्पन्न भएपछि माघमा जिल्लास्तरीय रनिङ शिल्ड सञ्चालन हुने जिल्ला खेलकुद  विकास समितिले  जनाएको  छ । 

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update