बैतडीको पाटन- ४ ढकालीका एक किशोर भारतको बेंगलोरमा बेपत्ता
बैतडी- बैतडीका एक किशोर भारतमा बेपत्ता भएका छन् । जिल्लाको पाटन नगरपालिका वडा नं ४ ढकाली अनरकट्या घरभएका लोग सिंह विष्ट नामले चिनिने १८ वर्षिय दानसिंह विष्ट भारतको बेंगलोरबाट बेपत्ता भएका हुन् । यहि मंसिर ८ गतेबाट विष्ट बेपत्ता भएका उनका भिनाजु लोक साउदले जानकारी दिए ।
उनका अनुसार विष्ट बेंगलोर म्यासोर कर्नाटक स्थित होटल फेबरेटमा काम गर्दथे । बिहान १० बजे डिउटिका लागि हिँडेका उनि अहिले सम्म सम्पर्कमा नआएका बताइएको छ । सबै ठाउँमा खोजतलास गर्दापनि कतै नभेटिएका बेपत्ता विष्टका भिनाजु साउदले बताए ।
विष्ट कामको सिलसिलामा पाँच महिना पहिले भारत गएका थिए ।सम्पर्क विहिन भएका विष्ट कहिंकतै भेटे खबर गरिदिन आफन्तहरुले सबैमा अनुरोध गरेका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८० १४:२२
प्रतिक्रिया दिनुहोस्




