Sagun Khabar
दाइ संग बेंगलोर  जाँदै गरेका  बैतडीको सुर्नयाका पुनम बाटोबाटै हराए !

बैतडी- दाइ संग भारत जाँदै गरेका  बैतडीका एक किशोर बेपत्ता भएका छन् । आफ्नो सहोदर दाइ संगै भारतको बेंगलोर गइरहेका जिल्लाको सुर्नया गाउँपालिका वडा नं २ जेब्लाडाँडाका १८ वर्षिय महेश धामी (पुनम ) सोमवारबाट बेपत्ता भएका हुन् ।

नयाँ दिल्लीबाट ट्रेनमा संगै जानेबेला महाराष्ट्रको  हेमन्त नगरपास   भन्ने ठाउँबाट  भाइ सम्पर्क बिहिन भएका दाइ मोहन धामीले जानकारी दिए । भाइ हराएपछि आफुले सो ठाउँमा खोजतलास गरेपनि कतै नभेटिएका उनले बताए । भाइ हराएपछि भारतमा रहेका चिनेका व्यक्तिहरुलाई  समेत खबर गरेको उनले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

पुनम हराएको  कुरा आफु संग आएपछि सुदूरपश्चिमेली नेपाली समाज  भारत लगायत सबै साथिहरुसंग तस्बिर सहितको म्यासेज छोडेको भारतको दैहराबादमा रहेका   सुर्नयाका युवा विनोद बहादुर विष्टले बताए ।

बेपत्ता पुनमलाई कसैले कहिँकतै भेटे भारतिय मोबाइल नम्बर ९१८२९२४९४५ मा  फोन गरेर खबर गरिदिन उनले सबैलाई आग्रह गरेका छन् । भारत जाँदै गर्दा बिच बाटोबाटै  पुनम बेपत्ता भएपछि घरपरिवार चिन्तामा परेको छ । 

घरपरिवारले बेपत्ता किशोरको खोजिका लागि भारतमा रहेका सबै नेपालीहरुलाई  अनुरोध पनि गरेको  छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update