Sagun Khabar
हिमालयन लाइफ इन्स्योरेन्स बैतडीले बाँड्योे गरिब तथा असाहयलाई न्यानो लुगा 

बैतडी- हिमालयन लाइफ इन्स्योरेन्स बैतडीले  गरिब तथा असाहय व्यक्तिलाई न्यानो लुगा वितरण गरेको छ । हिमालयन लाइफ इन्स्योरेन्स बैतडी शाखाले  जिल्ला  भित्रका १ सय जना गरिब तथा असाहय व्यक्तिलाइ न्यानो लुगा वितरण गरेको हो ।

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बुधवार गरिब तथा असाहय व्यक्तिलाइ न्यानो टिर्सट ज्याकेट वितरण गरिएको हिमालयन लाइफ इन्स्योरेन्स बैतडीका अप्रेशन इन्चार्ज नवराज पन्तले जानकारी दिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

  गरिब असाहय नागरिकहरुलाई  हिउंदे यामको  चिसो छेक्न मदत पुगोस भनेर न्यानो लुगा  वितरण गरिएको उनले बताए । न्यानो लुगा पाएपछि गरिब तथा असाहय व्यक्तिहरु खुसि भएका छन् ।

आर्थिक स्थिति कमजोर भएका व्यक्तिहरु हिमालयन लाइफ इन्स्योरेन्स बैतडीले  चिसोको समयमा  न्यानो लुगा वितरण गरेपछि खुसि भएका हुन् ।  

कार्यक्रममा  दशरथचन्द नगरपालिका वडा नं  ५ का वडा अध्यक्ष केशब दत्त लेखक, जनरलहेड प्रदेश प्रमुख राम बहादुर सिहं प्रदेश उप प्रमुख टेकराज आर्चाय शाखा प्रमुख बिर्ख राज जोशी लगायत अभिकर्ताहरुको समेत सहभागीता थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update