Sagun Khabar
बैतडीमा   ६५ हजार बढीको भन्सार छलीको   सामान बरामद 

बैतडी- बैतडीमा भन्सार छलीको  सामान बरामद  गरिएको छ ।  प्रहरीले भन्सार छली गरि भारतबाट ल्याउँदै गरेको बेवारिसे सामान बरामद गरेको हो  ।

 ६५ हजार ६७० मूल्य बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय  बैतडीका  प्रहरी प्रमुख,प्रहरी नायब उपरीक्षक दीपक गिरीले  जानकारी दिए ।

स्वास्थ्य सन्देश
Atrya hospital

भारतबाट भन्सार छलि सामान ल्याइरहेको विशेष सूचनाको आधारमा दशरथचन्द नगरपालिका १० बाट उक्त सामान बुधबार राति बरामद गरिएको उनले बताए ।

मसला,तेल, घण्टी, चकलेट लगायको सामान बरामद गरिएको बताइएको छ । बरामद गरिएको उक्त सामान कस्को हो भन्ने खुल्न सकेको छैन् । बरामद गरिएको  सामानलाई प्रहरीले महाकाली भन्सार कार्यालय,झुलाघाट बुझाइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update