Sagun Khabar
स्वर्ण पदक विजेता कलौनीलाई शिवनाथ गाउँपालिकाद्वारा नगदसहित सम्मान 

बैतडी –बैतडी घर भएका खेलाडी राजेन्द्रप्रसाद कलौनीलाई शिवनाथ गाउँपालिकाले नगदसहित सम्मान गरेको छ । शिवनाथ गाउँपालिका ३ घर भएका कलौनीले गत भदौमा भारतको चेन्नईमा सम्पन्न भएको साउथ एसीयन लाठी स्पोटर्स एण्ड मार्सल आर्टमा प्रथम हुँदै नेपाललाई स्वर्ण पदक दिलाएका थिए । 

स्वर्ण पदक विजेता खेलाडी कलौनीलाई नगद २५ हजारसहित गाउँपालिकाका तर्फबाट सम्मान गरिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

नेपाल लोकतान्त्रिक खेलकुद संघ बैतडीका अध्यक्ष समेत रहेका कलौनीले जापान कराते डो–कोसीकाइ सितेरियो संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेका थिए । 

खेल क्षेत्रबाट शिवनाथ गाउँपालिकाको नाम उचो राख्न सफल भएको भन्दै पालिकाले खेलाडी कलौनीलाई नगद पुरस्कारसहित सम्मान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले जानकारी दिए । 

पालिकाले गरेको सम्मानले आफूलाई खेल क्षेत्रमा अझै लाग्ने प्रेरणा मिलेको खेलाडी राजेन्द्रप्रसाद कलौनीले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update