Sagun Khabar
नेविसंघ बैतडीको कार्यवाहक अध्यक्षमा चन्द 

बैतडी –नेपाल विद्यार्थी संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी केशवबहादुर चन्दले पाएका छन् । नेपाल विद्यार्थी संघ बैतडीको सचिव रहेका चन्दलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो । 

नेपाल विद्यार्थी संघको विधान २०२७ को छैटौं संशोधन २०७३ अनुसार चन्दलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको नेविसंघका बैतडी अध्यक्ष कपील केसीले लेखेको पत्रमा उल्लेख गरिएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

चन्दको कार्यकालमा नेविसंघ अझै गतिशील र सशक्त हुने अपेक्षा समेत गरिएको छ । संघले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने कार्यवाहक अध्यक्ष केशवबहादुर चन्दले बताए ।

NSU final1702025285.jpg

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update