Sagun Khabar
युवा संघको कृषि विभाग प्रमुखमा लोकेन्द्र भण्डारी, बैतडी इञ्चार्जमा पुष्कर भण्डारी

बैतडी –नेकपा एमालेको भातृ संस्था राष्ट्रिय युवा संघ नेपालको कृषि विभाग प्रमुखमा बैतडीका लोकेन्द्र भण्डारी मनोनित भएका छन् । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य रहेका भण्डारीलाई कृषि विभाग प्रमुखमा मनोनित गरिएको हो । 

यस्तै राष्ट्रिय युवा संघ नेपालको बैतडी इञ्चार्जमा पुष्कर भण्डारी मनोनित भएका छन् । जिल्ला अधिवेशन गर्ने जिम्मेवारीसहित भण्डारी जिल्ला इञ्चार्जमा चयन भएका हुन् । युवाहरुका समस्या समाधानमा आफू सक्रिय रहने भण्डारीले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update