Sagun Khabar
सुदूरपश्चिम महोत्सव शुरु, प्रधानमन्त्री प्रचण्डलाई १० बुँदे मागसहित १० किलोको माला 

कैलाली –कैलालीको धनगढीमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई १० किलोको माला लगाइएको छ ।

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढी उपमहानगरपालिका–१ मा शुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन समारोहमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई १० किलोको माला लगाइएको हो । महोत्सवको प्रधानमन्त्री दाहालले उदघाटन गरेका हुन् ।  सो अवसरमा उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले १० बुँदे मागसहित प्रधानमन्त्रीलाई १० किलोको माला लगाएका छन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएको छ । शुक्रबार महोत्सवको १७ औं संस्करणको अवसरमा प्रधानमन्त्री दाहाललाई १० बुँदे मागपत्र बुझाइएको छ । सो अवसरमा अध्यक्ष कुँवरले अहिलेसम्म सरकारले निजी क्षेत्रले अघि सारेका १० वटा मागबारे कुनै प्रक्रिया अघि बढाउन नसकेको बताए ।

धनगढीमा २०६३ सालदेखि हुँदै आएको सुदूरपश्चिम महोत्सवको उद्घाटनका लागि राष्ट्रपति, प्रधानमन्त्रीदेखि पूर्व संघीय सांसदहरु तथा प्रदेशका तत्कालिन मुख्यमन्त्री त्रिलोचन भट्ट प्रमुख अतिथिका रुपमा सहभागी भइसकेका छन् । संघले हरेक वर्ष पुरानै मागलाई अघि बढाउँदै महोत्सवको आयोजना गर्दै आएको छ । कैलाली उद्योग वाणिज्य संघका अनुसार महोत्सवको १७ औं संस्करणसम्म आइपुग्दा पाँचवटा मागमात्र सम्बोधन भएको जनाइएको छ ।

सेती प्रादेशिक अस्पतालमा आइसियू स्थापना, क्षेत्रीय खेलकुद रंगशाला, विश्वविद्यालय स्थापना, अप्टिकल फाइबर विस्तार र दुग्ध प्रशोधन केन्द्रको स्थापना गरी पाँच बुँदा मागको सुनुवाई भइसकेको छ । 

अन्तराष्ट्रिय क्रिकेट रंगशाला, प्रदेश सभा सम्मेलन गृह, दोधारा–चाँदनी सुक्खा बन्दरगाह, प्रदेशस्तरीय पर्यटन केन्द्र निर्माण, गेटा विमानस्थल धावनमार्ग कालोपत्र तथा अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गरिनुपर्ने र सेती प्रादेशिक अस्पताललाई सुविधासम्पन्न बनाउने बुँदाहरु आंशिक रुपमा सरकारले सुनुवाई गरेको अध्यक्ष कुँवरले बताए ।

संघले गौरिफण्टा नाकाको स्तरोन्नित गरिनुपर्ने, दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान, खप्तड, शुक्लाफाँटा, घोडाघाडी जस्ता पर्यटकीय क्षेत्रको प्रबद्र्धन, औद्योगिक क्षेत्र र विशेष औद्योगिक प्याकेज, जडीबुटी प्रसोधन केन्द्र, शित गृह, चिनी मिल, सेती हाइड्रोपावर, गेटा विमानस्थललाई वैकल्पिक अन्तर्राष्ट्रिय मार्ग, सवै जिल्लामा पक्की सडक, सूचना प्रविधि, बहृमदेव सडक, चिसापानीदेखि गड्डाचौकी सम्मका स्थानीय राजमार्गका बजारको जग्गा दर्ता, प्रदर्शनी स्थल, नेपाल टेलिभिजनको प्रशारण केन्द्र र सुदूरपश्चिम साँस्कृतिक संग्राहलय लगायतका १० बुँदे माग अघि सारेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update