Sagun Khabar
रोजगारीका लागि भारत गएका सिगासका हिमाल बाटोमै अस्ताए 

बैतडी –रोजगारीका लागि भारत गएका बैतडीको सिगास गाउँपालिका २ गाँजरीका हिमाल धामी (हरिश)को मृत्यु भएको छ । केही महिना अघिमात्रै रोजगारीका लागि भारत गएका हिमालको घर फर्कने क्रममा बाटोमै मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । 

२७ बर्षीय हिमालको मृगौलामा समस्या देखिएको थियो । रोजगारीका लागि भारतमा रहेका बेला उनको मृगौलामा समस्या देखिएको हो । एक्कासी पेट दुख्ने समस्या देखिएका हिमालको चेकजाँच गराउँदा दुवै मृगौला फेला भएको पाइएको थियो । उपचारको क्रममा समेत निको नभएपछि उनलाई घर ल्याउने बेला कैलालीको गोदावरीमा मृत्यु भएको स्थानीय सूर्यबहादुर बोहराले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

केही बर्ष अघि जण्डिसका कारण उनका बुवाको मृत्यु भएको थियो । बुवाको उपचारका लागि ८ लाख ऋण लागेका हिमाल ऋण तिर्ने भनेर भारत गएपनि उनको सपना पूरा हुन पाएन् । 

हिमालको अल्पायुमै निधन भएपछि उनको परिवार र गाउँ शोकमा डुबेको छ । मृतक हिमालको घरमा श्रीमती र दुई छोरी रहेका छन् । 

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update