Sagun Khabar
दार्चुलामा व्यवसाय गर्दै आएका बैतडीका भट्ट बेपत्ता

बैतडी –बैतडी घर भएका एक जना व्यवसायी बेपत्ता भएका छन् । दार्चुलाको खलंगास्थित योगेन्द्र फेन्सी स्टोरका सञ्चालक केशवराज भट्ट गएको पाँच दिनदेखी सम्पर्क विहिन भएका हुन् । 

बैतडीको दोगडाकेदार गाउँपालिका वडा न. ४ पिपलकोट कपिन्ना घर भएका भट्ट दार्चुलाको खलंगामा लामो समयदेखि व्यवसाय गर्दै आएका थिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

गत सोमबारदेखि सम्र्पक विहिन भएका भट्टको फोन स्वीचअफ छ भने फेन्सी स्टोर र निवासमा  ताला लगाइएको छ । 
भट्ट सम्र्पक विहिन बनेपछि उनको परिवारले  खोजी कार्यमा सहयोगका लागि  अपिल गरेका छन । भट्ट एक्कासी सम्पर्कविहिनले भएपछि उनको परिवार चिन्तित बनेको छ । 

कसैले भट्टलाई देखेमा नजिकको प्रहरी कार्यालय तथा परिवारलाई सम्पर्क गरिदिन अनुरोध गरिएको छ । 

सम्पर्कका लागि परिवारश्रोतले निम्न मोबाइल नम्बरमा सम्पर्क गर्न सकिने उल्ले गरेको छ । 
विष्णुराज भट्ट –९८६५७४०३६० 
योगेन्द्रराज भट्ट–९८४८४०५१७८ 
मधु भट्ट– ९८४८७०८५६२ 
सरस्वती भट्ट– ९८६१५१७०८२
 

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update