Sagun Khabar
बैतडीमा सिँचाइ कार्यालय दुई महिनादेखि प्रमुख विहिन

बैतडी–जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पाटन बैतडीमा कार्यालय प्रमुख नहुँदा कामकाजमा समस्या भएको छ । कार्यालयले चालु आर्थिक बर्षमा सञ्चालन गर्नुपर्ने कामहरु सञ्चालन गर्न सकेको छैन् । 

कार्यालयका प्रमुख सन्दीप डंगोलको गएको असोज २३ गते सरुवा भएको थियो । उक्त दिनदेखि कार्यालय निमित्तको भरमा सञ्चालनमा रहेको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

कार्यालयमार्फत चालु आर्थिक बर्षमा १ सय १० ओटा सिँचाइ तथा तटबन्धका योजनाहरु सञ्चालन हुने भएपनि अहिले सम्म काम सुचारु हुन सकेको छैन् । 

कार्यालय प्रमुख नहुँदा कार्यालयका नियमित काममा समेत बाधा पुगेको कार्यालयका निमित्त प्रमुख टेकबहादुर ऐरले बताए । कार्यालय प्रमुखका साथै दुईजना इन्जिनियरको दरबन्दी समेत खाली रहेको उनले बताए । 

कार्यालय प्रमुख, इन्जिनियर लगायतका कर्मचारी नहुँदा कामकाजमा समस्या भइरहेको निमित्त कार्यालय प्रमुख ऐरले बताए । 

जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलाका प्रमुख डम्मरप्रसाद धिताललाई बैतडीको समेत जिम्मेवारी तोकिएको छ । तर उनी पनि कार्यालयमा हाजिर भएका छैनन् । 

समयमा कार्यालयमार्फत सञ्चालन हुने योजनाहरुको कार्यान्वयन गर्न नसके समस्या हुने देखिएको छ । अहिले सम्म कुनै काम सुचारु नभएकाले पछि हतार–हतार काम गर्नुपर्ने बाध्यता आइलाग्ने कार्यालयका एसोसियसन अर्गनाइजर गोविन्द भट्टले बताए । 
 

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update