Sagun Khabar
सिद्धेश्वर र सिगास माविको संयुक्त शैक्षिक भ्रमण सम्पन्न , सिकाइ आदान–प्रदान 

बैतडी –बैतडी जिल्लाको पाटन नगरपालिका वडा नं. ३ स्थित  सिगास माध्यमिक विद्यालय र पाटन नगरपालिकाकै वडा नं. ९ स्थित सिद्धेश्वर माध्यमिक विद्यालयको सयुक्त शैक्षिक अवलोकन भ्रमण सम्पन्न भएको छ । विद्यालयको वार्षिक शैक्षिक क्यालेण्डर २०८० अनुसार मंसिर १६ देखि २२ गते सम्म रहेको एक हप्ते सिकाई आदानप्रदान एवं क्षमता विकासका लागि ६ वटा प्रदेशका २५ वटा भन्दा बढी जिल्लाहरुको शैक्षिक अवलोकन भ्रमण गरिएको हो । 

भ्रमणको क्रममा विभिन्न जिल्लामा रहेका पर्यटकीय स्थल, धार्मीक स्थल, औद्योगिक क्षेत्र नमुना विद्यालय लगायतका क्षेत्रहरुको भ्रमण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले जानकारी दिए । 

स्वास्थ्य सन्देश
Atrya hospital

दुबै विद्यालयको विद्यालय व्यस्थापन समितिको अध्यक्ष समेत रहेका भाटले विद्यालयहरुको वार्षिक शैक्षिक पात्रो निर्माण गर्दा संगसंगै भ्रमण गर्ने गरी कार्ययोजना बनाइएको बताए । विद्यालय सेवा क्षेत्र पनि संगसंगै रहेको र सिद्धेश्वर मावि तहगत रुपमा फिडर विद्यालय पनि भएकाले सयुक्त रुपमा भ्रमण गरिएको सिगास माविका प्रधानाध्यापक मानबहादुर चन्दले बताए । 

सिद्धेश्वर माविले हरेक वर्ष शैक्षिक अवलोकन भ्रमण गर्दै आईरहेको र यस वर्ष दुबै विद्यालय मिलेर सयुक्त रुपमा भ्रमण गरेको हुँदा सिकाई आदानप्रदानमा सहज भएको सिद्धेश्वर माविका प्रधानाध्यापक गणेशप्रसाद भट्टले बताए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाटको संयोजकत्वमा रहेको भ्रमण टोलीमा विद्यालयका अभिभावक, शिक्षक र विद्यार्थी गरेर १३० जनाको सहभागिता रहेको थियो । 

भ्रमणका क्रममा कैलालीको गोदावरी, घोडाघोडी ताल, कर्णाली पुल, कर्णाली नदी, लुम्बिनी, जनकपुर धाम, ईलाम लगायतका क्षेत्रहरु सहित केहि नमुना विद्यालयहरुको अवलोकन गरिएको अध्यक्ष भाटले बताए । 

दुबै विद्यालयको सयुक्त रुपमा भ्रमण हुदा  भ्रमण निकै उपलब्धिमुलक रहेको सिद्धेश्वर माविमा कक्षा १० मा अध्ययनरत छात्रा बर्षा भाटले बताइन् । भ्रमणका क्रममा नयाँनयाँ ठाउँ हेर्नु पाइएको, नयाँ कुराहरु सिक्नु पाइएको, भ्रमण संगसंगै पिकनिकका रुपमा समूहमा खाना आफै बनाउने मन परेको खाना खानु पाइने भएकाले भ्रमण अझै स्मरणीय र उत्साहजनक रहेको छात्रा बर्षा भाटले बताइन् । 

शैक्षिक क्षेत्रका असल अभ्यासहरुको आदानप्रदानका लागि भ्रमण फलदायी भएको दाबी गरिएको छ । 
 

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update