Sagun Khabar
बैतडीको सुर्नयामा निःशुल्क ग्रामीण अल्ट्रासाउण्ड शिविर सञ्चालन हुने 
फाइल फोटो

बैतडी–बैतडीको सुर्नया गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थाहरुमा निःशुल्क ग्रामीण अल्ट्रासाउण्ड शिविर सञ्चालन हुने भएको छ । आइतबारदेखि गर्भवती महिलाहरुका लागि निशुल्क अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन हुने सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । 

आइतबार रौलेश्वर स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुनेछ भने मंसिर २५ गते भौनेली स्वासथ्यचौकीमा शिविर सञ्चालन हुनेछ । यस्तै मंसिर २६ गते बासुलिङ्ग स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुने तय भएको छ भने मंसिर २७ गते बासुदेव आधारभूत स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै हटैराज स्वास्थ्यचौकीमा मंसिर २८ गते शिविर सञ्चालन हुने बताइएको छ । 

गर्भावस्थामा हुन सक्ने जटीलताहरुलाई समयमै पत्ता लगाएर मातृ तथा शिशु मृत्यु रोकथामका लागि निुशल्क अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन गर्ने तयारी भएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

गर्भावस्थामा अल्ट्रासाउण्ड गरेमा पेटभित्रको बच्चाको स्वास्थ्य अवस्थाका बारेमा थाहा हुने भएकाले शिविर सञ्चालन हुने स्वास्थ्यमा आफ्नो स्वास्थ्य चेकजाँच गराउन गाउँपालिकाले आग्रह गरेको छ । 

अल्ट्रासाउण्ड गराउँदा कुनै गर्भवती महिलाहरुमा जटीलता देखिएमा समयमै सुविधा सम्पन्न अस्पतालमा रेफर गर्ने गरिएकाले आमा तथा शिशुको ज्यान जोगाउन मद्दत पुग्ने स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

अन्य वडाहरुमा पौष पहिलो साता निशुल्क अल्ट्रासाउण्ड शिविर सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख महराले बताए । 
 

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update