Sagun Khabar
रुखबाट लडेर घाइते भएका डडेल्धुराका एक जनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –रुखबाट लडेर घाइते डडेल्धुराका एक जनाको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्लाको आलिताल गाउँपालिका–७ डाँडीका ४० वर्षीय कर्णबहादुर साउँदको उपचारका क्रममा मृत्यु भएको हो । साउँद घाँस काट्ने क्रममा रूखबाट लडेर गम्भीर घाइते भएका थिए ।

घाइते साउँदलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याएपनि उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update