Sagun Khabar
निजामति कर्मचारी युनियन बैतडीको कार्यवाहक अध्यक्षमा भट्ट 

बैतडी –नेपाल निजामति कर्मचारी युनियन बैतडीको कार्यवाहक अध्यक्षको जिम्मेवारी मनोजप्रसाद भट्टले पाएका छन् । नेपाल निजामति कर्मचारी युनियन बैतडीका अध्यक्ष नैनसिंह कार्कीको धनगढी सरुवा भएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी भट्टलाई दिइएको हो । 

नेपाल निजामति कर्मचारी युनियन बैतडीका बरिष्ठ उपाध्यक्ष समेत रहेका भट्टलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको अध्यक्ष कार्कीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

नेपाल निजामति कर्मचारी युनियनको कार्यवाहक अध्यक्षको जिम्मेवारी आफूले कुशलतापूर्वक सम्पन्न गर्ने भट्टले बताए । भुमेश्वर स्वास्थ्यचौकीमा कार्यरत रहेका भट्टले कर्मचारीहरुको हकहितका लागि आफूले युनियनकातर्फबाट खेल्नुपर्ने भूमिका सशक्त ढंगले निर्वाह गर्ने बताए । 

जिल्ला कारागार बैतडीमा कार्यरत रहेका निजामति कर्मचारी युनियनका अध्यक्ष कार्कीको गेटा अस्पातल धनगढीमा सरुवा भएको छ । जिल्ला कारागारले कार्कीको एक कार्यक्रमकाबीच बिदाइ समेत गरेको छ । 
 

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update