Sagun Khabar
पाटन कांग्रेसले ‘एम क्यु’कार्यक्रम सञ्चालनमा ल्याउने 

बैतडी –नेपाली कांग्रेस पाटन नगरकार्य समितिले ‘एम क्यु’कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । शनिबार बसेको नगरकार्य समितिको बैठकले यस्तो निर्णय गरेको नेपाली कांग्रेस पाटन नगर कार्यसमितिका सचिव लवदेव जोशीले बताए । 

पाटन नगरकार्य समितिका सभापति रमेशसिंह महराको अध्यक्षतामा बसेको बैठकले कांग्रेसको संगठनलाई तल्लो तहबाटै सुदृढीकरण गर्ने उद्देश्यसहित ‘एम क्यु’कार्यक्रम सञ्चालनमा ल्याउने निर्णय भएको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

नगरकार्यसमितिलाई मेसिन मानेर कांग्रेस सन्देश दिने म्यासेन्जरको रुपमा क्रियाशील सदस्यहरुलाई लिइएको सचिव जोशीले बताए । यस्तै तल्लो तहका कार्यकर्तालाई मेसेज मानेर पार्टी निती, सिद्धान्त र कार्यनीतिका बिषयमा जानकारी दिइने जोशीले बताए । 

बैठकमा सहभागी भएका नेपाली कांग्रेस बैतडीका उपसभापति बिरबहादुर बिष्टले कांग्रेसले बलियो बनाउन पाटन नगरकार्य समितिले स्वागतयोग्य निर्णय गरेको बताए । यो कार्यक्रम अन्तर्गत केन्द्रीय प्रशिक्षकहरुलाई समेत बोलाएर कांग्रेसको संगठन निर्माणमा ध्यान दिइने उनले बताए । 

नेपाली कांग्रेसको समग्र अवधारणाका बिषयमा ‘एम क्यु’कार्यक्रमले सहयोग पुर्याउने बैठकमा सहभागी नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य रमेश पाण्डेयले बताए । 

यस्तै बैठकले पार्टीबाट नगर क्षेत्रभित्र निर्वाचित जनप्रतिनिधिहरुबाट लेबी उठाउने निर्णय समेत गरेको छ । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले गरिरहेको कामको समीक्षा समेत भएको सचिव जोशीले बताए । 
 

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update