Sagun Khabar
बैतडीका जनकसिंह ठगुन्ना भारतमै अस्ताए

बैतडी – बैतडीका एकजनाको भारतमै मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका –८ कोटीगाउँ हल्दोडा घर भएका जनकसिंह ठगुन्नाको सडक दुर्घटनामा परेर मृत्यु भएको हो । 

भारतको राजस्थान राज्य टिल्वारोड चन्दवारी भन्ने ठाउँमा यही मंसिर १९ गते मोटरसाईकल दुर्घटनामा परी ठगुन्ना गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका ठगुन्नाको जयपुर एसएम अस्पतालमा उपचारको क्रममा मृत्य भएको उनका आफन्त डम्मर ठगुन्नाले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

आफू बस्ने कोठाबाट काम बिशेषले बाहिर जाने क्रममा ठगुन्ना मोटरसाईकल दुर्घटनामा परेका थिए । 

मृतक ठगुन्ना कार्यरत रहेको होटलको सहयोगमा उनको शव नेपाल ल्याएर अन्तिम संस्कार समेत गरिसकिएको पारिवारिक श्रोतले जनाएको छ । 

४९ बर्षीय ठगुन्ना विगत ३२ बर्षदेखी भारतमा काम गर्दै आईरहेका थिए । उनको निधनले कोटीगाउँ शोकमा डुबेको छ । 
 

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update