Sagun Khabar
डिलाशैनी माविको चार कोठे भवन निर्माण 

बैतडी–बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ७ खेतागाउँस्थित डिलाशैनी माविको चारकोठे भवन निर्माण भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयको चारकोठे भवन निर्माण भएको डिलाशैनी गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष प्रकाशमणी भट्टले बताए । 

भवनमा रेलिङ हाल्ने काममात्रै बाँकी रहेको उनले बताए । पवन निर्माण सेवा भवन निर्माणको जिम्मा पाएको र समयमै काम सम्पन्न गरिएको वडा अध्यक्ष भट्टले बताए । ३९ लाखको लगानीमा विद्यालय भवन निर्माण भएपछि विद्यार्थीहरुका लागि सहज भएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

डिलाशैनी माविमा पुराना तथा जीर्ण भवन भएकाले पठनपाठनमा समस्या हुँदै आएको छ । अहिले नयाँ बनेको भवनले केही राहत भएपनि विद्यालयमा अझै भवनको अभाव रहेको विद्यालयका प्रधानाध्यापक नवराज जोशीले बताए । 

कक्षा १० सम्मको पढाई हुने उक्त विद्यालयमा २ सय ५९ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । 
 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update