Sagun Khabar
नेपाल किसान महासंघले बैतडीमा संगठन विस्तार गर्ने 

बैतडी –नेपाल किसान महासंघ बैतडीले जिल्लाका १० ओटै स्थानीय तहमा संगठन विस्तार गर्ने निर्णय गरेको छ । महासंघको पाटनमा सोमबार बसेको पहिलो बैठकले जिल्लाका स्थानीय तहहरुमा संगठन विस्तार गर्ने निर्णय गरेको हो । 

नेपाल किसान महासंघ बैतडीका अध्यक्ष भानदेव भट्टको अध्यक्षतामा बसेको बैठकमा नेपाली कांग्रेस बैतडीका उपसभापति बिरबहादुर बिष्ट प्रमुख अतिथी रहेका थिए । बैठकमा नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष चक्रबहादुर चन्द बिशिष्ट अतिथी रहेका थिए । यस्तै नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य रमेश पाण्डेय, करनसिंह कठायत, पूर्व जिल्ला कार्यसमिति सदस्य रमेशसिंह भण्डारी लगायतका नेताहरुको सहभागिता रहेको थियो । 

स्वास्थ्य सन्देश
Atrya hospital

नेपाली कांग्रेस पाटन नगरकार्य समितिको कार्यालयमा बसेको बैठकले स्थानीय तह र प्रदेशसभा क्षेत्रमा महासंघको समिति विस्तार गर्ने निर्णय गरेको नेपाली कांग्रेस बैतडीका पूर्व जिल्ला कार्यसमिति सदस्य रमेशसिंह भण्डारीले बताए । 

यस्तै किसानहरुका समस्या समाधानका लागि सम्बन्धित निकायहरुलाई आग्रह गर्ने निर्णय समेत बैठकले गरेको नेपाल किसान महासंघ बैतडीका अध्यक्ष भानदेव भट्टले बताए । 
 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update