Sagun Khabar
पिएम कप सुदूरपश्चिम छनौट :  बैतडी दोस्रो जितसंगै शीर्ष स्थानमा

बैतडी –प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा बैतडीले लगातार दोस्रो जित निकालेको छ । दोस्रो जितसंगै बैतडी शिर्ष स्थानमा उक्लिएको छ ।

पहिलो खेलमा बझाङलाई ६ विकेटले हराएको बैतडीले दोस्रो खेलमा कञ्चनपुरलाई ३३ रनले पराजित गरेको छ । बैतडीले दिएको १३० रनको लक्ष्य पन्छाएको कञ्चनपुरले निर्धारित १५ ओभरमा ४ विकेटको क्षतिमा ९६ रन मात्रै जोड्न सक्यो । उसका रेवती धामीले २८ र बिन्दु रावलले २४ रन बनाइन् । 

स्वास्थ्य सन्देश
Atrya hospital

बैतडीका लागि करिष्मा थापा र बसन्ती बोहराले १÷१ विकेट लिइन् । त्यसअघि कैलालीको तेघरीस्थित सैनिक आवासीय महाविद्यालयको खेलमैदानमा पहिला ब्याटिङ गरेको बैतडीले १५ ओभरमा २ विकेटको क्षतिमा १२९ रन बनायो । जसमा कप्तान रितु कनौजियाले अविजित ३५ र लक्ष्मी महरले २८ रनको योगदान गरिन् । कञ्चनपुरका लागि अर्चना चन्दले १ विकेट हात पारिन् । रितु खेलकी ओम्यान अफ द म्याच चुनिएकी स्कोरर नरेन्द्रराज भट्टले बताए ।

प्रदेशस्तरीय छनौट प्रतियोगिताका सबै खेल जित्दै च्याम्पियन हुने लक्ष्य रहेको बैतडीका टीम व्यवस्थापक अनिलकुमार बिष्टले बताए ।

प्रदेशस्तरीय छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सुदूरपश्चिमको टोली बनाइनेछ । उक्त टोलीले अगामी पुसमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउनेछ । 

काठमाडौंमा हुने प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सात प्रदेश र एक विभागीय क्लब एपीएफको सहभागीता रहने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।
 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update