Sagun Khabar
बैतडीमा भन्सार छलीका सामग्री बरामद 

बैतडी–बैतडीमा भन्सार छलीका सामग्री बरामद गरिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका ८ घोचा भन्ने स्थानमा सडक किनारमा भन्सार छली गरी ल्याएर राखिएका १८ हजार ५५० रुपैया बराबरका सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले लाइन धागो, जिरा, बिलेट,सलाई, टाउजर, कापी कलम लगायतका सामग्री मंगलबार दिउँसो बरामद गरेको हो । बरामद गरिएका सामग्रीलाई महाकाली भन्सार कार्यालय झुलाघाटमा पठाइएको प्रहरी निरीक्षक केसीले बताए । 

यसअघि यही मंसिर २० गते पनि प्रहरीले ६५ हजार ६७० मूल्य बराबरको भन्सार छलीका सामग्री बरामद गरेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १६:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update