बैतडी –बैतडीमा एकजना समाजसेवीले एकल महिलाहरुलाई स्वेटर र कम्बल वितरण गरेका छन् । जिल्लाको पुर्चौंडी नगरपालिका ८ घर भएका बीरबहादुर बोहराले एकल महिलाहरुलाई स्वेटर र कम्बल वितरण गरेका हुन् ।
पुर्चौंडी नगरपालिका वडा नं ८ अन्तर्गतका एक सय जना एकल महिलाहरुलाई कम्बल र स्वेटर वितरण गरिएको स्थानीय द्रोपती बोहराले बताइन् । रत्न आधारभूत विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर स्वेटर र कम्बल वितरण गरिएको हो ।
विश्व हिन्दू महासंघका केन्द्रीय सदस्य समेत रहेका बोहराले सामाजिक उत्तरदायित्व अन्तर्गत एकल महिलाहरुलाई कपडा वितरण गरेको बताए । समाजमा अन्य मानिसको तुलनामा एकल महिलाहरुलाई समस्या हुने भएकाले उनीहरुलाई आफ्नो तर्फबाट कपडा वितरण गरेको उनले बताए ।
भारतको नयाँ दिल्लीमा काम गर्दै आएका बोहरा लामो समयदेखि सामाजिक कार्यमा समेत सक्रिय रहेका छन् । समाजमा रहेका विपन्न वर्गलाई सहयोग पुर्याउने आफ्नो उद्देश्य रहेकाले व्यक्तिगत लगानीमा एकल महिलाहरुलाई कम्बल र स्वेटर वितरण गरिएको बोहराले बताए ।




