Sagun Khabar
बैतडीमा वडा कार्यालयलाई ५ रोपनी जमीन दान 

बैतडी –बैतडीमा एकजना स्थानीयले वडा कार्यालयलाई जमीन दान गरेका छन् । जिल्लाको सुर्नया गाउँपालिका १ हटैराज बस्ने नारायण चन्दले वडा कार्यालयलाई ५ रोपनी जमीन दान गरेका हुन् । 

आफ्ना बुवा बली चन्दको इच्छा अनुसार वडा कार्यालयको नाममा ५ रोपनी जमीन नामसारी गरिएको दिएको चन्दले बताए । जमीनको अभावमा वडा कार्यालयको भवन समेत बन्न नसकेको अवस्थामा जमीन प्राप्त भएपछि अब सहज भएको सुर्नया गाउँपालिका वडा नं १ का वडा अध्यक्ष धनबहादुर चन्दले बताए । 

बुवाले वडा कार्यालयलाई जग्गादान गरेको हुनाले आफूहरु खुसी भएको उनका छोरा ईश्वर चन्दले बताए । 

जमीन दान गरेका चन्दलाई वडा कार्यालयका तर्फबाट धन्यवाद समेत ज्ञापन गरिएको वडा अध्यक्ष चन्दले बताए । 

चन्दले वडा कार्यालयका लागि जमीनदान गरेपछि वडाबासीहरु समेत खुसी भएका छन् । जमीन दान गरेका चन्दलाई हटैराजबासीले धन्यवाद दिएको वडा अध्यक्ष चन्दले बताए । 

सुर्नया गाउँपालिका वडा नं १ को कार्यालयसंग आफ्नो जमीन नहुँदा वडा कार्यालयको भवन तथा अन्य संरचना निर्माणमा समस्या रहेको थियो । जमीन प्राप्त भएसंगै अब त्यो समस्या समाधान भएको वडा अध्यक्ष चन्दले बताए । 
 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  ०८:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update