Sagun Khabar
बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु 

बैतडी –बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–६ बागडास्थित भिरबाट खसेर सिगास गाउँपालिका ६ थालाकाँडाका ४८ वर्षीय दिपेन्द्र साउँदको मंगलवार साँझ मृत्यु भएको हो । 

बत्थीबाट बाख्रा खरीद गरी ल्याउने क्रममा भिरबाट ७०  मिटर तल खसेका साउँदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए ।

घटनाका बिषयमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली खटिएको प्रहरी निरीक्षक केसीले बताए । 
 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update