Sagun Khabar
डडेल्धुरामा जिप दुर्घटना, ८ जना घाइते 

डडेल्धुरा –डडेल्धुरामा जिप  दुर्घटना भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–३ कुरगेडीबाट जिल्ला सदरमुकाम आउँदै गरेको ग १ ज ८१९४ नम्बरको जिप दुर्घटनामा परेको हो । 

नवदुर्गा गाउँपालिका वडा नम्बर २ को रउतगाउँमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका नवदुर्गा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष दिलबहादुर बिष्टले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि डडेल्धुरा अस्पताल रेफर गरिएको छ ।

जिपका सहचालक तारा ऐर गम्भीर घाइते भएका वडा अध्यक्ष बिष्टले बताए । उनका अनुसार घाइते हुनेमा एकजना कार्यपालिका सदस्य इन्द्रा धामी पनि छिन् ।
 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update