Sagun Khabar
बिडिसिए कप क्रिकेट : त्रिपुराको विजयी शुरूवात

बैतडी –बैतडीमा जारी २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा आजदेखि समूह डी का खेल शुरू भएका छन् । उक्त समूहको पहिलो खेलमा यौंगस्टार मेलौलीलाई ९८ रनले हराउँदै त्रिपुरा क्रिकेट क्लबले विजयी शुरूवात गरेको छ ।

त्रिपुराले दिएको १९५ रनको लक्ष्य पछ्याएको मेलौली २४.४ ओभरमा ९६ रनमा समेटियो । उसका रामचन्द्र पोखरेलले २०,आशिष विष्ट १५ र मनोज भट्टले १३ रनको योगदान गरे । त्रिपुराका मनिस धामीले ,५जयसिंह धामीले ३ विकेट हात पारे । 

स्वास्थ्य सन्देश
Atrya hospital

त्यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा टस हारेर ब्याटिङको निम्ता पाएको त्रिपुरा २९.३ ओभरमा १९४ रनमा अलआउट भयो । जसमा लोकेन्द्र सिंह थापाले ६५,जयसिंह धामी २३,लोकेन्द्र थापाले १९ रन बनाए । मैलौलीका लागि कप्तान मंगेश दयालले ३ र जयराम भट्टले २ विकेट झारे ।

त्रिपुराका मनिस धामी खेलका म्यान अफ द म्याच चुनिएका स्कोरर तिलक बोहराले जानकारी दिए । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा मंसिर १६ गतेदेखि शुरू भएको प्रतियोगितामा १३ टोलीको सहभागीता रहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update