Sagun Khabar
ट्रकको ठक्करबाट दार्चुलाकी एक महिलाको मृत्यु 

बैतडी –ट्रकको ठक्करबाट दार्चुला घर भएकी एक महिलाको मृत्यु भएको छ । छोरा भेट्नका लागि दार्चुलाबाट काठमाण्डौं जाँदै गरेकी दुहुँ गाउँपालिका वडा नं ४ की अन्दाजी ५५ बर्षीया शान्तीदेवी बमको मृत्यु भएको हो । 

बिहीबार बिहान दार्चुलाबाट महाकाली यातायातको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १२५५ नम्बरको बसमा चढेकी बमलाई शुक्रबार (आज) बिहान बागमती प्रदेश ०३–००१ ख १८६६ नम्बरको ट्रकले ठक्कर दिएको थियो । कपिलवस्तुको शिवपुर नगरपालिका वडा नं ५ मा बस रोकिराखेको अवस्थामा शान्तिदेवी बाहिर निस्केकी थिइन् ।  उनलाई सोही बेला विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी बमलाई उपचारका लागि चौराह अस्पातल बुटबल लगिएको र उपचारकै क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुका प्रहरी निरीक्षक गिताप्रसाद चौधरीले बताए । मृतक बमका छोरा काठमाण्डौंमा रहेका उनले बताए । 

शान्तिदेवीलाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update