Sagun Khabar
ज्ञानेश्वर नमूना माविको बार्षिकोत्सव सम्पन्न, अक्षयकोषबाट विद्यार्थीहरु पुरस्कृत 

बैतडी–बैतडीको पाटन नगरपालिका ९ विजयपुरस्थित ज्ञानेश्वर नमुना माविको ४९औँ बार्षिकोत्सव तथा अभिभावक दिवस  विविध सांस्कृतिक कार्यक्रमका साथ शुक्रबार सम्पन्न भएको छ । 

समारोहमा विद्यालयका प्रधानाध्यापक पुष्पराज जोशीले ५ करोड १६ लाख १० हजार ६ सय ९४ रुपैयाँ बराबरको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिश बिष्टको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल प्रमुख अतिथी रहेका थिए ।

समारोहमा जिल्ला समन्वय समितिका सदस्य प्रेमसिंह भाट, वडा नं ९ का वडा अध्यक्ष कालुसिंह भाट, वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्ट, पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख ललितप्रसाद पाण्डेय, माओवादी केन्द्र बैतडीका जिल्ला संयोजक शंकर भण्डारी, एमाले बैतडीका प्रचारप्रसार विभाग प्रमुख लोकेन्द्र भण्डारी र नेपाली कांग्रेस बैतडीका पूर्व कोषाध्यक्ष रमेश पाण्डेय बिशिष्ट अतिथी रहेका थिए । 

बार्षिकोत्सव समारोहमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्नुका साथै शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो । 

यस्तै बार्षिकोत्सव समारोहमा विद्यालयमा स्थापना भएका दुईओटा अक्षयकोषबाट उत्कृष्ट तथा जेहेन्दार विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ । 

निवर्तमान वडा अध्यक्ष लोकेन्द्र भण्डारीले आफ्नो कार्यकालमा स्थापना गरेको ‘वडा अध्यक्ष अक्षयकोष’बाट २ जना उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको विद्यालयले जनाएको छ । सो अक्षय कोषबाट कक्षा १२ मा अध्ययनरत जगदीश बिष्ट र कक्षा १० अध्ययनरत ममता बोहरालाई पुरुस्कार दिइएको हो । 

यस्तै विद्यालयमा स्थापना गरिएको ‘पितृदेव अक्षयकोष’बाट ६ जना विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ । सामाजिक क्षेत्रमा कार्यरत शेरसिंह बिष्ट र उनका दाजुभाइले आफ्ना पितृहरुको नामबाट स्थापना गरेको १ लाखको अक्षयकोषको ब्याजबाट पुरस्कार वितरण गरिएको हो । 

उक्त अक्षयकोषबाट दलित, गरिब , जेहेन्दार, अनुसाशित र फरक क्षमता भएका एक÷एक जनालाई २ हजार ५सय रकमका दरले पुरुस्कार दिइएको हो । उक्त पुरुस्कार शेरसिंहकी ठुली आमा ९१बर्षीय गौमती बिष्ट र छोराहरुले वितरण गरेका हुन् । 

उक्त अक्षयकोषबाठ कक्षा ११की मनिषा  बिजले, कक्षा १०की प्रिया  बिक, कक्षा ५की जयन्ती बिष्ट, कक्षा ४का रिपेन बिष्ट, कक्षा ६का सुरेश भट्ट र कक्षा १०का पवनप्रकाश महरा पुरस्कृत भएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update