बैतडी–बैतडीको डिलाशैनी गाउँपालिका–७ स्थित लखैनाथ आधारभूत विद्यालयको ३० औं बार्षिकोत्सव विभिन्न सांस्कृतिक कार्यक्रमका साथ शुक्रबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रप्रसाद जोशीको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट प्रमुख अतिथी रहेका थिए ।
बार्षिकोत्सव समारोहमा एमालेका जिल्ला कमिटि सदस्य दुर्गा धामी, श्री शिक्षा केन्द्र अमर माविका प्रधानाध्यापक प्रमानन्द भट्ट बिशिष्ट अथिती रहेका थिए ।
बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक भानदेव जोशीले विद्यालयको भौतिक,शैक्षिक र आर्थिक प्रतिवेदन पेश गरेका थिए । प्रधानाध्यापक जोशीले पेश गरेको आयव्यय विवरण अनुसार विद्यालयको आय रकम ३७ लाख २९ हजार ३८३ रुपैयाँ रहेको छ भने व्यय रकम ३६ लाख १९ हजार ७६५ रुपैयाँ रहेको छ ।
बार्षिकोत्सव समारोहमा विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार वितरण गरिएको स्थानीय प्रदीपकुमार जोशीले बताए । समारोहमा अभिभावक,शिक्षक, विद्यार्थी र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।




