बैतडी –सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले खेल क्षेत्र सुदूरपश्चिम सरकारको प्राथमिकता रहेको बताएका छन् ।
बिडिसिए कप क्रिकेट सञ्चालन भइरहेको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा शनिबार आयोजित कार्यक्रममा मन्त्री भट्टले यस्तो बताएका हुन् ।
शनिबार सम्पन्न भएको खेलका म्यान अफ दि म्याचलाई पुरस्कार वितरण गर्दै मन्त्री भट्टले खेलाडीका लागि अनुशासन महत्वपूर्ण कुरा भएको बताए । उनले भने ‘खेलमा एक टोलीको जित एकको हार हुन्छ । तर त्यसमा अनुशासन महत्वपूर्ण कुरा हो । अनुशासनपूर्वक खेलेमा मात्रै सफलता पाइन्छ । अनुशासन बिनाको खेलको अर्थ हुँदैन् ।’
बिडिसिए कपका लागि प्रथम पुस्कार प्रायोजना गरेका मन्त्री भट्टले उक्त रकम बैतडी जिल्ला क्रिकेट संघलाई हस्तान्तरण गरेका छन् । प्रतियोगिताको प्रथम पुरस्कारको राशी ५० हजार रहेको छ ।
म्यान अफ द म्याच समारोहमा पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल, दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बोहरा,बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दलगायतको उपस्थिती रहेको थियो ।




