Sagun Khabar
बैतडीको जनकालिका सहकारीको बार्षिक साधारण सभा सम्पन्न 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका २ स्थित जनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । 

संस्थाका अध्यक्ष खडकबहादुर बोहराको अध्यक्षतामा भएको साधारण सभामा दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी प्रमुख अतिथी रहेका थिए । 

बार्षिक साधारण सभामा संस्थाका कोषाध्यक्ष प्रेमसिंह बोहराले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको अहिलेसम्म आयव्यय ३ करोड ९२ लाख ५० हजार ८५७ रहेको छ । 

संस्थाको कुल नाफा ५ लाख ८ हजार ६ सय रुपैयाँ कोषाध्यक्ष बोहराले पेश गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । २०५५ सालमा स्थापना भएको संस्थाले सेवाग्राहीको सहजताका लागि आधुनिक प्रविधिबाट सेवा दिँदै आएको संस्थाका शेयर सदस्य मनोज बोहराले बताए । संस्थामा अहिले एक हजार बढी शेयर सदस्य रहेका उनले बताए । 

बार्षिक साधारण सभामा बोल्दै नगर प्रमुख जोशीले सहकारीले आर्थिक रुपमा विपन्न नागरिकलाई सहयोग पुर्याइरहेको बताए । यस्तै साधारण सभामा सहभागी दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले सहकारी संस्थाले ग्रामीण क्षेत्रमा बचत गर्ने बानीको विकास गर्नुका साथै बित्तीय साक्षरता समेत बढाएको बताए । 
 

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update