Sagun Khabar
डडेल्धुराको बागबजारका तीन पसलमा आगलागी 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुराको बागबजारस्थित तीन पसलमा आगलागी भएको छ । शनिवार राति बागबजारस्थित शुलभ फेन्सी, कैलपाल मेडिकल र शिशिर फेन्सीमा आगलागी भएको हो । 

पसलमा लागेको आगो अमरगढी नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयको प्रयासमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । आगलागीको कारण तथा क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update