Sagun Khabar
डडेल्धुराको बागबजारमा आगलागी : २ करोड ८६ लाख बराबरको क्षति 

डडेल्धुरा –डडेल्धुराको बागबजारमा शनिबार राति भएको आगलागीबाट झण्डै दुई करोड ८६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

अमरगढी नगरपालिका–५ बागबजारमा रहेको शुलभ फेन्सीमा तार सर्ट भइ सुरु भएको आगलागीबाट दुई करोड ८६ लाख रुपैयाँ बराबरको क्षति प्रहरीले जनाएको छ । 

स्वास्थ्य सन्देश
Atrya hospital

बागबजारको शुलभ फेन्सीको अन्दाजी १ करोड २० लाख, कैलपाल मेडिकलको अन्दाजी ८० लाख र शिशिर फेन्सीको ८० लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए ।

यस्तै आगलागीबाट घरधनी महेशप्रसाद भट्टको अन्दाजी ६ लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए । शनिबार राति पौने ९ बजेतिर आगलागी भएको थियोे । 

अमरगढी नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले करीब एक घन्टापछि आगो नियन्त्रणमा लिएका थिए ।
 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update