Sagun Khabar
बैतडीका ८ ओटा स्वास्थ्य संस्था पोषणमैत्री घोषणा 

बैतडी–बैतडीका ८ ओटा स्वास्थ्य संस्थाहरुलाई पोषणमैत्री घोषणा गरिएको छ । गत आर्थिक बर्षमा जिल्लाभरीका ५ पालिकाका ८ ओटा स्वास्थ्य संस्थाहरुलाई पोषणमैत्री घोषणा गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

विभिन्न सूचकहरु पूरा गरेपछि स्वास्थ्य संस्थाहरुलाई पोषणमैत्री घोषणा गर्ने गरिएको छ । जिल्लाको दशरथचन्द नगरपालिकाका तीन ओटा स्वास्थ्य संस्थाहरुलाई गत बर्ष पोषणमैत्री घोषणा गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए । 

वडा नं ७ स्थित सुरकाल आधारभूत स्वास्थ्य केन्द्र, दशरथ चन्द स्वास्थ्यचौकी र त्रिपुरासुन्दरी स्वास्थ्यचौकीलाई पोषणमैत्री घोषणा गरिएको छ । 

यस्तै शिवनाथ गाउँपालिकाको उदयदेव स्वास्थ्यचौकी र श्रीपुर सामुदायिक आधारभूत स्वास्थ्य केन्द्रलाई पोषणमैत्री घोषणा गरिएको छ । 

यसैगरी सिगास गाउँपालिकाको गाँजरी स्वास्थ्यचौकी, पाटन नगरपालिकाको सकार स्वास्थ्यचौकी र पुर्चौंडी नगरपालिकाको हाट स्वास्थ्यचौकीलाई पोषणमैत्री घोषणा गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए । 
 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update