Sagun Khabar
बैतडीको पुर्चौंडीमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या 

बैतडी–बैतडीको पुर्चौंडी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या भएको छ । गएको असोज २५ गते प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टको सरुवा भएदेखि नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन भएको छ ।

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृृत नभएको दुई महिना बढी भइसक्दा समेत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत पठाएको छैन् । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार सबै ठप्प रहेको नगरपालिकाका प्रमुख दिपकबहादुर बमले बताए । 

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएको दुई महिना बढी भइसक्दा समेत मन्त्रालयले अधिकृत नखटाउँदा समस्या भएको नगर प्रमुख बमले बताए । उनले भने ‘नगरपालिकामा प्रमुख नहुँदा कामकाजमै समस्या भएको छ । चालु आर्थिक बर्षका कामहरु अगाडि बढाउन सकिएको छैन् ।’

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि नगरकार्यपालिकाले स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरलाई प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारी दिनुपर्ने निर्णय गरेर मन्त्रालयमा पठाएको छ । 

नगरपालिकाका कामकाज ठप्प भएपछि नगरकार्यपालिकाले निर्णय गरेर पठाएको नगर प्रमुख बमले बताए । कार्यपालिकाको निर्णय मन्त्रालयले सदर गर्ने अपेक्षा रहेको उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update