Sagun Khabar
डडेल्धुरामा जिप दुर्घटना : तीन जना घाइते 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा –डडेल्धुराको आइतबजार नजिक जिप दुर्घटना भएको छ । जिल्ला सदरमुकामको बागबजारदेखि भागेश्वर गाउँपालिकाको बगरकोट जोड्ने सडकमा सुदूरपश्चिम प्रदेश ०४ ००१ च १८८ नम्बरको जिप बुधबार दिउँसो दुर्घटनामा परेको हो । 

जिप दुर्घटना हुँदा तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । जिप पल्टिएर च्यापिएपछि एकजना गम्भीर घाइते भएका छन् । 

दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update