Sagun Khabar
बैतडीको सिगास गाउँपालिकालाई काठमाण्डौं महानगरले एम्बुलेन्स उपलब्ध गराउने 

बैतडी –बैतडीको सिगास गाउँपालिकालाई काठमाण्डौं महानगरपालिकाले एम्बुलेन्स उपलब्ध गराउने भएको छ । काठमाण्डौं महानगरपालिकाले एक सूचना जारी गर्दै सिगास गाउँपालिकलाई छनौट गरेर एम्बुलेन्स उपलब्ध गराउने जनाएको हो । 

महानगरपालिकाले गत असोज ४ मा प्रकाशन गरेको सूचना अनुसार सिगास गाउँपालिकाले एम्बुलेन्स माग गरेको र गाउँपालिका एम्बुलेन्सका लागि छनौट भएकाले महानगरपालिकाले जनाएको छ । 

सिगास गाउँपालिकालाई (ख) वर्गको एम्बुलेन्स उपलब्ध गराइने भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट राजस्व छुट गराई आवश्यक प्रक्रियामा आउन गाउँपालिकालाई महानगरले आग्रह गरेको छ । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ बमोजिमका सबै प्रक्रिया अपनाउन समेत महानगरको पत्रमा उल्लेख गरिएको छ । 

काठमाडौं महानगरले चालु आर्थिक वर्षको निति तथा कार्यक्रममा देशका दुर्गम पालिकालाई एम्बुलेन्स उपलब्ध गराउने घोषणा गरका थियो । 
Ambulence1703075633.jpg

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update