Sagun Khabar
पुर्चौंडीमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी कुँवरलाई 

बैतडी–बैतडीको पुर्चौंडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी विनोदकुमार कुँवरलाई दिइएको छ । 
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुखको रुपमा कार्यरत रहेका कुँवरलाई अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि बढीमा दुई महिना प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिम्मेवारी दिएको हो । 

पुर्चौंडी नगरपालिका असोज २५ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएपछि मंगलबार बसेको नगरकार्यपालिकाको बैठकले कुँवरलाई प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारी दिनका लागि सिफारिश गर्ने निर्णय गरेको थियो । 

मन्त्रालयले बुधबार पत्र पठाउँदै कुँवरलाई आर्थिक तथा प्रशासनिक कार्य गर्ने जिम्मेवारी दिएको जनाएको छ । 

प्रमुख प्रशासकीय अधिकृतमा कुँवरलाई जिम्मेवारी दिएसंगै अब रोकिएका आर्थिक तथा प्रशासनिक कामहरु सुचारु हुने नगर प्रमुख दिपकबहादुर बमले बताए । 

गएको असोज २५ गते प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टको सरुवा भएपछि पुर्चौंडी प्रमुख प्रशासकीय अधिकृत विहिन बनेको थियो । 

Purchudi1703077636.jpg

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update