Sagun Khabar
डडेल्धुरा जिप दुर्घटना अपडेट : घाइते एक जनाको मृत्यु, दुई जनाको उपचार हुँदै

डडेल्धुरा –डडेल्धुरामा जिप दुर्घटनामा हुँदा घाइते भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि घाइते  भएका अमरगढी नगरपालिका–८ का दानबहादुर ओलीको मृत्यु भएको डडेल्धुरा अस्पतालले जनाएको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

दुर्घटनामा घाइते भएका नवदुर्गा गाउँपालिका– ९ का दीपक बुढाऐर र नवदुर्गा– ४ का दीपेन्द्र बोहराको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

बुधबार जिल्ला सदरमुकामबाट भागेश्वर गाउँपालिकातर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०४–००१च१८८ नम्बरको जीप आइत बजार नजिक दुर्घटना भएको थियो ।

दुर्घटनाका बिषयमा थप अनुसन्धान भइरहेको डडेल्धुरा प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update