Sagun Khabar
बैतडीमा नयाँ सिडिओ शर्मा हाजिर 

बैतडी –बैतडीमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा भीमकान्त शर्मा हाजिर भएका छन् । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको सरुवा भएपछि गृहमन्त्रालयले शर्मालाई बैतडीको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएको थियो । 

गृहमन्त्रालयका उपसचिव शर्मालाई सिडिओको रुपमा खटाएपछि उनी शुक्रबार जिल्ला प्रशासन कार्यालय बैतडीमा हाजिर भएका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए । 

नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा शर्मा हाजिर भएपछि जिल्लामा उनको स्वागत गरिएको छ । कर्मचारीहरुका तर्फबाट प्रमुख जिल्ला अधिकारी शर्मालाई स्वागत गरिएको सूचना अधिकारी बोहराले बताए । उक्त कार्यक्रममा जिल्लास्थित कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो । 

शुक्रबार (आज) हाजिर भएका प्रमुख जिल्ला अधिकारी शर्माले जिल्लाको शान्ति सुरक्षाको अवस्था लगायतका बिषयमा जानकारी लिएका छन् । जिल्ला सुरक्षा समितिका सदस्यहरुसँग उनले शान्ति सुरक्षाको अवस्थाका बिषयमा जानकारी लिएका हुन् । 

स्वागत कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शर्माले सबै कर्मचारीहरुले मिलेर काम गर्नुपर्नेमा जोड दिए । जिल्लामा शान्ति सुरक्षा कायम गर्न, सुशासन प्रवद्र्धन गर्न र सरकारका कामहरुलाई प्रभावकारी रुपमा अगाडी बढाउन सबैले मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए । 
 

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update