Sagun Khabar
निवर्तमान वडा अध्यक्ष भण्डारीसहितको टोली बस्तीमा पुग्दै 

बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं ९ का निवर्तमान वडा अध्यक्ष लोकबहादुर भण्डारीसहितको टोली वडाका बस्तीहरुमा पुग्न थालेको छ । 

स्थानीय बासिन्दाहरुसंग भेटघाटका लागि आफूहरुको वडाका बस्तीमा पुग्न थालेको भण्डारीले बताए । एमाले बैतडीका प्रचारप्रसार विभाग प्रमुख समेत रहेका भण्डारीले स्थानीय मतदाताहरुको भावना बुझ्न र विकास निर्माणका काममा आफूले सक्ने पहलका लागि बस्तीका नागरिकसंग भेटघाट चलाएको उनले बताए । 

स्थानीय नागरिकहरुका समस्या बुझेर ती समस्या समाधानका लागि आफूले सक्दो पहल गर्ने उद्देश्यसहित बस्ती भेटघाटमा जुटेको भण्डारीले बताए । 

भण्डारी गएको स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट वडा नं ९ मा वडा अध्यक्षका उम्मेदवार रहेका भएपनि उनी पराजित भएका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update