Sagun Khabar
कांग्रेसको पाटन नगर समितिले पार्टीबाट निर्वाचित जनप्रतिनिधिसँग छलफल गर्यो 

बैतडी–नेपाली कांग्रेसको पाटन नगरकार्य समितिले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुसंग शनिबार छलफल गरेको छ । पाटन नगरकार्य समितिका कार्यवाहक सभापति रमेशसिंह महराको अध्यक्षतामा बसेको बैठकले जनप्रतिनिधिहरुसंग छलफल गरेको हो । 

पाटन नगरपालिकामा नगर प्रमुखसहित वडा नं ५, ६ र १० मा गएको स्थानीय तह निर्वाचनमा काँग्रेसका उम्मेदवार विजयी भएका थिए । 

स्थानीय सरकारले नागरिकका पक्षमा गरिरहेका कामकाजका बारेमा जानकारी लिन र सुधार गर्नुपर्ने ठाउँमा सुझाव दिनका लागि नगरकार्य समितिले जनप्रतिनिधिहरुसंग छलफल गरेको नेपाली कांग्रेस पाटन नगरपालिका वडा नं ८ का वडा सभापति मोहन बिष्टले जानकारी दिए । 

यस्तै बैठकले क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणका बिषयमा समेत छलफल गरेको छ । नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउनका लागि टोलस्तरबाटै संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय समेत भएको वडा सभापति बिष्टले बताए । 

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update