बैतडी –कैलाली फर्निचर तथा फर्निसिङ व्यवसायी संघको अध्यक्षमा विष्णुदत्त बडू सर्वसम्मत चयन भएका छन् । शनिवार गोदावरीमा सम्पन्न कैलाली फर्निचर तथा फर्निसिङ व्यवसायी संघको दोश्रो अधिवेसनबाट बडूको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको हो ।
बैतडीको दशरथचन्द नगरपालिका १ कलौन मूल घर भएका बडू अहिले कैलालीमा बस्दै आएका छन् । लामो समयदेखि फर्निचर व्यवसायमा लागेका उनी अध्यक्षमा चयन भएका हुन् ।
संघको उपाध्यक्षमा दिपक चन्द, महिला उपाध्यक्षमा रोसनी शाही, सचिवमा जयराम चौधरी, सह–सचिवमा राजेन्द्र पौडेल र कोषाध्यक्षमा ज्ञानेन्द्र आचार्य सर्वसम्मत चयन भएका निर्वाचन अधिकृत सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले बताए ।
यसैगरी, सदस्यमा केशव सिंह, पुर्णबहादुर केसी, पासाङढिक्की शेर्पा, थानेश्वरप्रसाद जोशी र तेज कार्की निर्विरोध चयन भएका निर्वाचन अधिकृत भट्टले बताए । निर्वाचित पदाधिकारीको शनिवार नै सपथ गराइएको छ ।
अध्यक्षमा निर्वाचित भएका बडू शिवशक्ति फिर्निचर एण्ड स्टील उद्योग धनगढीका सञ्चालक हुन् । उनले संस्थालाई बलियो बनाउँदै व्यवसायिक हक हितका लागि सबैसँग हातेमालो गरेर अघि बढ्ने बताएका छन् । अध्यक्षमा चयन भएका बडूले कैलालीका साथै मातृभूमी बैतडीका लागि समेत आफूले काम गर्ने बताए । बैतडीका रहेका व्यवसायीहरुलाई समेत प्रोत्साहन गर्न आफूले सक्दो पहल गर्ने उनले बताए । उनले भने ‘फर्निसिङ व्यवसायलाई उकास्नका लागि संघका तर्फबाट गर्न सकिने सबै काम मेरो कार्यकालमा गर्छु ।’
आफ्नै देशमा केही गर्नुपर्छ र अरुलाई पनि रोजगारी दिनुपर्छ भन्ने उद्देश्यका साथ सानै उमेरदेखि व्यवसायमा सक्रिय बडू सामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै आएका छन् ।




