Sagun Khabar
दनपा –१ मा कांग्रेसको विवाद सुल्झाउन समिति गठन 

बैतडी –नेपाली कांग्रेस बैतडीले दशरथचन्द नगरपालिका वडा नं १ मा पार्टीभित्र देखिएको विवाद सुल्झाउन समिति गठन गरेको छ । जिल्ला कार्य सम्पादन समितिको बैठकले जिल्ला कार्यसमिति सदस्य रनबहादुर बोहरा संयोजक रहने गरेर तीन सदस्यीय समिति गठन गरेको हो । 

समितिमा प्रदेश सभा क्षेत्र नं. (ख)का  सचिव धनबहादुर क्षेत्री र दशरथचन्द नगरपालिकाका उपसभापति हरिराम टमाटालाई सदस्य राखिएको छ । 

वडामा पार्टीभित्र क्रियाशील सदस्यता लगायतका बिषयमा विवाद रहेको र जिल्ला कार्यसमितिमा समेत उजुरी परेकाले विवाद समाधानका लागि समिति गठन गरिएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए । 

समितिलाई विवाद समाधान गरी पौष १५ गतेभित्र जिल्ला कार्यसमितिमा प्रतिवेदन पेश गर्न भनिएको छ । सकेसम्म अधिकतम सहमतिको प्रयास गर्न र नभए बहुमतको आधारमा समस्या समाधान गर्न समितिलाई कार्यादेश दिइएको छ । 

वडा नं १ मा पार्टीभित्र देखिएको समस्या समाधानका लागि समितिले सबै पक्षसंग छलफल गर्ने र समस्याको समाधान निकाल्ने समिति सदस्य धनबहादुर क्षेत्रीले बताए । 

दशरथचन्द नगरपालिका वडा नं १ मा पार्टीभित्र देखिएको विवादकै कारण गएको स्थानीय तह निर्वाचनमा वडामा पार्टीले हार व्यहोरेको निष्कर्ष समेत निकालिएको छ । व्यापक अन्तरघात र विवादका कारण पार्टीमा क्षति पुगेको समिति सदस्य क्षेत्रीले बताए । 

Nc dcm1703389985.jpg

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update