Sagun Khabar
करेन्ट लागेर एक जनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

डडेल्धुरा–डडेल्धुरामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–३ सकायलका ५१ वर्षीय मकरबहादुर शाहीको आइतवार दिउँसो करेण्ट लागेर मृत्यु भएको हो । 

आफ्नो घर नजिकैको साजको रुखमा घाँस काट्ने क्रममा बिजुलीको तारमा छोइएर शाहीलाई करेन्ट लागेको थियो । करेन्ट लागेपछि उनी रुखबाट खसेर गम्भीर घाइते भएका थिए । 

घाइते शाहीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update