बारा- भारतीय सुटर सुजित सिंह बाराबाट पक्राउ परेका छन्। भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१ सिंह नेपालमा बसेर अपराधीक क्रियाकलाप गर्दै आएका थिए ।
उनलाई बारा प्रहरीले एक थान पेस्तोल र ५ थान गोलीसहित पक्राउ गरेको बारा प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए । उनलाई प्रहरीले पक्राउ गर्न खोजेपछि भागेकोले खुट्टामा गोली प्रहार गरी पक्राउ गरिएको एसपी काफ्लेले बताए । सिंहको दुवै खुट्टामा गोली लागेको छ ।
गत असोजको दोस्रो हप्ता बाराको सदरमुकाम कलैयामा वडा नम्बर–६ मा दुई मोटरसाइकलमा आएका चार जनाको अज्ञात समूहले बाल एकता बोर्डिङका प्रधानाध्यापक रुपेश स्वर्णकारलाई दिन दहाडै गोली प्रहार गरी हत्या गरेका थिए । सुजित सिंहसहित अन्य ३ जना मिलेर स्वर्णकारको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । खुट्टामा गोली लागेका सिहलाई कलैया अस्पतालमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।




