बैतडी–सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट आज गृह जिल्ला बैतडी आउँदैछन् । मन्त्री भट्ट आज दिउँसो ४ बजे गृह जिल्ला बैतडी आइपुग्ने कार्यक्रम रहेको नेपाली कांग्रेस दशरथचन्द नगरपालिकाका उपसभापति सुरज चन्दले बताए ।
यही पौष २० गते गृह जिल्ला बैतडीबाट मन्त्री भट्ट धनगढी फर्कने कार्यक्रम रहेको बताइएको छ ।
मन्त्री भट्ट भोलि केदारेश्वर मावि दुर्गास्थानको बार्षिकोत्सवमा सहभागी हुने कार्यक्रम रहेको छ भने पौष १५,१६ र १७ गते पाटन –पञ्चेश्वर सडकको अनुगमन गर्ने कार्यक्रम रहेको छ । पूर्वाधार विकास कार्यालयमार्फत स्तरोन्नती र कालोपत्रेको काम भइरहेको उक्त सडकको मन्त्री भट्टले अनुगमन गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।
यस्तै पौष १८ गते मन्त्री भट्टले मेलौली–उग्रतारा सडकको अनुगमन गर्ने कार्यक्रम रहेको छ भने पौष १९ गते सदरमुकाममा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ ।





